कृृष्णपुर नगरपालिकाका २ जना वडाध्यक्ष र एक जना वडासदस्यद्धारा एसको पक्षमा सनाखत

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना वडाध्यक्ष र एक जना वडा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

सोमबार एमालेबाट निर्वाचित कृष्णपुर नगरपालिका–९ का वडाध्यक्ष छत्र बहादुर महरा, वडा नम्बर ३ का वडाध्यक्ष सुन्दर चौधरी र वडा नम्बर ३ कै वडासदस्य जहर सिंह कुवँरले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका अखिल फोर्सका सुदूरपश्चिम प्रदेश संयोजक प्रजोल कुवँरले बताए ।

उनकाअनुसार जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर पुगेर उनिहरुले एमाले छाडेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

ताजा समाचार