बाढी–पहिरो पीडितका घाउँमा मलम लगाउन दार्चुला पुगिन सांसद बम

महेन्द्रनगर । दार्चुलाको दुहु गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारका लागि राहत बोकेर प्रदेश सांसद नन्दा बम प्रभावित क्षेत्र पुगेकी छन् । उनि केही दिन अघि राहत समाग्री लिएर त्यहाँ पुगेकी हुन । भदौँ १३ गते राती दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका छन् ।

यस्तै राति आएको बाढीपहिरोले त्यसक्षेत्रका एक सय भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापित परिवारको अवस्था बुझन,केही राहत सामाग्री सहित प्रदेश सांसद बम दार्चुला पुगेकी छन् ।

बाढीपिडित राम महरले भने ‘बाढी पहिरो आएको झन्डै २ साता वितिसक्दापनि विस्थाापित परिवार अझैपनि विद्यालयमा बसिरहेको अवस्थामा सांसद नन्दा बम यहाँ आएर राहत सामाग्री वितरण गर्दा पिडित परिवारको घाउँमा मलम लगाइदिएको महशुस भएको छ ।’

बाढी पीडित परिवारको लागि सांसद बम यतिबेला राहत संकलनमा सक्रिय छिन् । प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर बाढी पिडित परिवारका लागि थप राहत संकलनमा जुटेको उनले बताइन् । ‘हामी यहाँका बाढीपिडित परिवारका लागि थप राहत संकलनका लागि संघ,प्रदेश सरकार संग समन्वय गरिरहेका छौ ।’ उनले भनिन् ।

ताजा समाचार