पार्टीलाई थप सक्रिय र सशक्त बनाउन मेरो उम्मेदवारीः महेश खड्का

महेनद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार अछामलगायत सुदूरपश्चिमका चार जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशनअन्तर्गत सम्पन्न भइसकेको छ ।

गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भएसँगै अब सवैको ध्यान गाउँपालिका÷नगरपालिका सभापति र प्रदेशसभा क्षेत्रिय सभापति को–को बन्छन् भन्नेमा केन्द्रित छ ।

असोज १ गते प्रदेशसभा क्षेत्रिय अधिवेशन लागि अछाम क्षेत्र नं.१ ‘क’ प्रदेशसभा क्षेत्रिय सभापतिमा युवा नेता तथा हालका क्षेत्रिय सदस्य महेश खड्का आकांक्षी देखिएका छन् ।

उनले पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले प्रदेश सभा क्षेत्रिय सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । पार्टीका अग्रज र युवालाई एक साथ डो¥याएर लैजान सके पार्टी मजबुत हुने पनि बताए । मतदातालाई दबाब र प्रलोभनमा पारेर नेतृत्व चयन गर्न आशामा बसेकाहरुलाई चुनौती दिन पनि आफू चुनावी मैदानमा उभिएको खड्काको भनाइ छ ।

युवा नेता खड्काले भने, ‘प्रतिनिधिलाई दबाब वा प्रलोभनमा पारेर नेतृत्व चयन गर्न सकौँला भनेर कसैले आश गरेको छ भने त्यो आशलाई चुनौती दिन मैले उम्मेदवारी दिन लागेको हुँ ।’

उनले पार्टीलाई थप सक्रिय र बलियो कसरी बनाउन सकिन्छ भन्ने कुरा आत्मसाथ गरेर आफू अगाडि बढ्ने पनि बताए । युवानेता खड्काले २०६५ साल देखी नेविसंघमा आवद्ध रहेर नेपाली का्रँग्रेसको प्रजातन्त्र,राष्ट्रियता र समाजवादको मुल आदर्शलाई अंगिकार गरेर आफ्नो राजनितिक जिवनको शुरुवात गरेको थिए ।

ताजा समाचार