कञ्चनपुर क्षेत्र नं.३ ‘क’ प्रदेशसभा क्षेत्रिय सभापतिमा युवा नेता चन्दको उम्मेद्धवारी

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशनअन्तर्गत सम्पन्न भइसकेको छ ।

गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भएसँगै अब सवैको ध्यान गाउँपालिका/नगरपालिका सभापति र प्रदेशसभा क्षेत्रिय सभापति को–को बन्छन् भन्नेमा केन्द्रित छ ।

कञ्चनपुर क्षेत्र नं.३ ‘क’ प्रदेशसभा क्षेत्रिय सभापतिमा युवा नेता तथा नेपाल तरुण दल कञ्चपुरका अध्यक्ष महेश चन्द आकांक्षी देखिएका छन् ।

पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले प्रदेश सभा क्षेत्रिय सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका युवा नेता चन्दले बताए ।

ताजा समाचार