कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन् ।

आइतबार दिउँसो उनलाई ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले ब्राउनसुगर सहित फेला पारेको थियो ।

त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जनाएको छ।

ताजा समाचार