काँग्रेसलाई गुट,उपगुट रहित बनाउन मेरो उम्मेद्धवारी: नेता खत्री

'काँग्रेसलाई गुट,उपगुट रहित बनाउने उद्देश्यले समावेशी टिम बनाएर अगाडी बढेका छौ'

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भइसकेको
छ । गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भएसँगै अब सवैको ध्यान गाउँपालिका÷नगरपालिका सभापति को–को बन्छन् भन्नेमा केन्द्रित छ ।

कञ्चनपुरको सदरमुकामस्थित जिल्लाको सबै भन्दा ठुलो भीमदत्त नगरपालिकाको नगर सभापति को बन्छ भनेर अहिले चिया पसल देखी घरघरमा चर्चा चल्न थालेको छ ।

भीमदत्त नगरपालिकाको नगर सभापतिमा युवा नेता आषिश खत्री मैदानमा उत्रिएका छन् । वि.सं. २०५० सालमा विद्यार्थी जीवन देखीनै नेपाल विद्यार्थी संघमा आवद्ध रही राजनितिक जीवन सुरु गरेका नेता खत्री अहिले नगर सभापतिको दौडमा छन् । पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले नगर सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको युवा नेता खत्रीले बताए ।

‘अहिले क्रियाशिल सदस्यले अनुभवी र पार्टीलाई थप सक्रिय र सशक्त बनाउन सक्ने क्षतावान नेतालाई वडा अधिवेशनबाटै वडा कार्यसमिति तथा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेका छन् ।’ नेता खत्रीले भने ‘अब ती अनुभवी निर्वाचित वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुले नगर कार्यसमिति पनि कसैको लोभ,प्रलोभन तथा दबाबमा नरहेर स्वविवेकले चयन गर्ने कुरामा म विश्वत छु ।’

प्रतिनिधिलाई दबाब वा प्रलोभनमा पारेर नेतृत्व चयन गर्न सकौँला भनेर कसैले आश गरेको छ भने त्यो आशलाई चुनौती दिन आफुले उम्मेदवारी दिन लागेको उनले बताए । नगर सभापतिका उम्मेद्धवार खत्रीले आफ्नो टिम समेत निर्माण गरिसकेका छन् । नेता खत्रीको टिममा उपसभापतिमा राजेन्द्र चन्द,सुशिला साउँद,सचिवमा गगन सिंह धामी,पुष्कर नाथ जोशी र सह–सचिवमा दिपक राज विष्ट,हिरा दमाईलाई राखेका छन् ।

त्यस्तै केही दिनमा सदस्यको पनि टुङगो लगाइ सक्ने नेता खत्रीले बताए । ‘हामीले कञ्चनपुरको भौगोलिक तथा समाज सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी प्यानल,टिम बनाएका छौ ।’ उनले भने ‘काँग्रेसलाई गुट,उपगुट रहित बनाउने उद्देश्यले समावेशी टिम बनाएर अगाडी बढेका छौ ।’ उनले अगाडी थपे ‘मैले र यो समावेशी टिमले पार्टीका लागि विगतमा गरेका र भविष्यमा गर्न सक्ने कामको वडा सभापति तथा प्रतिनिधिले सहि मुल्याङकन गर्नेमा हामी विश्वत छौ ।’

ताजा समाचार