सर्वसहमतीमा काँग्रेस कञ्चनपुरको नेतृत्व चयन गर्ने गरी काम गरीराखेका छौः नेता साउँद

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्बमन्त्रि एनपि साउँद यतिबेला गृह जिल्ला कञ्चनपुरमा नेता कार्यकर्ता संगको छलफलमा रहेका छन । जिल्लामा वडा अधिवेशन सम्पन्न भए संगै अन्य पालिका, क्षेत्र र जिल्ला अधिवेशनको चहलपहल सुरु भएको छ ।

सर्बसहमतिमा जिल्लाका सबै तहको नेतृत्व टुङ्याउने गरी नेता साउँद छलफलमा ब्यस्त रहेका उनका स्वकिय सचिब दिपक जोशीले बताए । ‘सर्वसहमतिमा जिल्लामा काँग्रेसको नेतृत्व चयन गर्न पूर्वमन्त्री साउँद यति बेला नेता, कार्यकर्ता, आकांक्षी र उम्मेद्धार संग छलफलमा व्यस्त हुनुहुन्छ ।’

उनकाअनुसार नेता साउँदले निरन्तर पालिका, क्षेत्र र जिल्ला अधिवेशनमा उम्मेद्धारी घोषणा गरेका नेताका बिचमा सहमति जुटाएर कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफललाई तिब्रता दिएका छन् ।

सहमति र सहकार्यमा नेतृत्व र पदाधिकारी चुन्न सकिए मात्रै नेपाली कांग्रेस अब्बल हुने भएकाले सकभर सहमतिमा जिल्लाका सबैतहमा नेतृत्व र पदाधिकारी चयन गर्ने गरी छलफल गरीरहेको कांग्रेस नेता साउँदले बताए ।

‘आंकाक्षिहरु धेरै छन्, नेतृत्वका लागि आकांक्षा देखाउनु पनि स्वभाबिक हो,’ उनले भने ‘साझा सहमति गरेर सबैको सहभागिता रहने गरी छलफलमा जुटेका छौ ।’

नेपाली कांग्रेसलाई अब्बल बनाउनु छ भने जगका रुपमा रहेका वडा,नगर, क्षेत्र र जिल्लालाई मजबुत बनाउनु पर्ने पनि नेता साउँदले बताए ।

ताजा समाचार