कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्युः स्थानियद्धारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महेन्द्रनगर । कञ्चनपुर स्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित कैलालीको अत्तरिया देखी महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा साइकलमा सवार एक जनाको मृत्यु भएपछि स्थानियले राजमार्ग अवरुद्ध गरेका छन् ।

स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको रहेका छन् ।

नेपाल रेडक्रसको एम्बुलेन्स र कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ४० वर्षीय एम्बुलेन्स चालक गणेश विष्टलाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

ताजा समाचार