धनगढीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु १ घाइते

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते छन् ।

६ लेन सडक अन्तर्गत उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा पार्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्रकसँग से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किदा १ गोदावरी नगरपालिकाको वडा नम्बर २ का ३० वर्षीय टेकबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे उनले बताए। मोटरसाइकल पछाडि सवार गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घाइते भएका र उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ट्रक चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय दीपक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार