महेनद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ ।
पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
वडा अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु नगरसभापति देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट युवा नेता कैलाश चन्द प्रदेश प्रतिनिधिको दौडमा छन् । पार्टीलाई थप सक्रिय बनाउन आफूले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेको युवा नेता चन्दले बताए ।
