दार्चुलाका बाढी–पहिरो पीडित परिवारलाई समाजसेवी जोशीद्धारा खाद्यान्न समाग्री सहयोग

महेन्द्रनगर । दार्चुलाको दुहु गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई समाजसेवी तथा कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

भदौँ १३ गते राती दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका छन् ।

यस्तै राति आएको बाढीपहिरोले त्यस क्षेत्रका एक सय भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई ग्वाल्लेक ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक समेत रहेका समाजसेवी जोशीले चामल,दाल लागाएतका खाद्य सामाग्री र साबुन,सोडा लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

दार्चुला बाढी पिडितका लागि राहत संकलन समितिका संयोजक सुरेन्द्र बहादुर बमका अनुसार समाजसेवी जोशीले ९ क्युन्टल चामल, ७५ किलोग्राम दाल, १ सय २० गोटा साबुन, १ सय प्याकेट लागुधुने सोडा (१ के.जी.) र ५ सय थान मास्क लगाएतका समाग्री सहयोग गरेका छन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ सिरपुर पुर्खेली घर भई हाल कञ्चनपुर बस्दै आएका समाजसेवी तथा उद्योगपती जोशी निरन्तर यस्ता समाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार