पार्टीलाई थप सक्रिय र सशक्त बनाउन प्रदेश प्रतिनिधिमा मेरो उम्मेद्धवारीः युवा नेता स्वार

महेनद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ ।

पार्टीले निर्धारण गरेको कार्यतालिका अनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका र नगरपालिका वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

वडा अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु नगरसभापति देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट युवा नेता राजेश स्वार प्रदेश प्रतिनिधिको आकांक्षी देखिएका छन् ।

पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेको युवा नेता स्वारले बताए ।

ताजा समाचार