माईती नेपालद्धारा मानव बेचविखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम [फोटो फिचर]

महेन्द्रनगर । माईती नेपाल कञ्चनपुरले मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

माईती नेपाल कञ्चनपुरले बुधबार ४२ औँ सामाजिक सेवा दिवस मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतना,छलफल, तथा घरदैलो कार्यक्रम गरी मनाएको माईती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन् ।

विभिन्न सरकारी,गैरसरकारी संघसंस्था,प्रहरी,पत्रकार तथा सरोकारवाला व्यक्तिको उपस्थितिमा जिल्लाको भीमदत्त नगरपालिका–१३ स्थित प्रहरी चौकी झोलुङ्गेमा उक्त कार्यक्रम गरिएको थियो ।

No description available.

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था,दलालहरुले अपनाउने नयाँ तरिकाहरु लगायत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव तथा उक्त समस्या न्युनिकरण तथा निर्मुलीकरण गर्न छलफल गरिएको संयोजक भट्टले जानकारी दिइन् ।

No description available.

उनकाअनुसार सामाजिक सेवा दिवसकै अवसर पारी प्रहरी प्रशासनको समन्वय र सहकार्यमा माईती नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका–१३ का विजय टोल र सुनापुर टोलका ७० घरधुरीमा मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, बाल विवाह, कोरोना भाइरस, सुरक्षित बसाईसराई लगाएका विषयमा जनचेतनामुलक घरदैलो कार्यक्रम समेत गरेको छ ।

उक्त कार्यक्रमबाट १ सय ९३ महिला, २ सय ३८ पुरुष, १ सय ११ बालक र ६८ बालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । माईती नेपाल कञ्चनपुरले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

No description available.
No description available.

ताजा समाचार