महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गत कञ्चनपुर लगाएतका जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु नगरसभापति देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।
कञ्चनपुर क्षेत्र नं. ३ बाट नेता खगेश्वर बोहराले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धवारीको घोषणा गरेका छन् । राजनितिक पारिवारिक पृष्ठभुमीमा हुर्केका बोहरा २०३५ सालमा विद्यार्थी जीवन देखी नै काँग्रेसमा आवद्ध रही आफ्नो राजनितिक जीवनको शुरुवात गरे ।
आफ्ना बुवाको प्रेणाबाट राजनितिक क्षेत्रमा लागेका नेता बोहरा २०४३ सालमा कञ्चनपुर क्षेत्र नं. १ बाट जिल्ला पञ्चायत सदस्य पदमा निर्वाचित भए ।
त्यसपश्चात पनि निरन्तर उनले विभिन्न राजनितिक आन्दोलनमा अग्रपंत्तीमा रहेर भुमीका निर्वाह समेत गरे । पार्टी,जनता र समाजसेवाका लागि निरन्तर काम गर्दै आएका नेता बोहरा नेपाली काँग्रेसको ११ औँ र १२ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचत भए ।
त्यस्तै १३ औँ महाधिवेशनमा महासमिति सदस्य भए । अहिले १४ औँ महाधिवेशनमा पार्टीलाई थप बलियो,सक्रिय र समाजसेवा गर्न पुनः महाधिवेशन प्रतिनिधिको तयारी गरिरहेको नेता बोहराले बताए ।
‘पार्टीलाई थप क्रियाशिल,सशक्त र केन्द्रमा राम्रो नेतृत्व चयन गर्न म पुनः महाधिवेशन प्रतिनिधिको तयारीमा छु ।’ नेता बोहराले भने ‘मैले समाजसेवा गर्नको लागि नै राजनिति शुरु गरेको हु, त्यही कुरालाई आत्मसाथ गरेर काम गर्छु ।’
त्यस्तै उनले आफु उपगुटको विरुद्ध भएकोले कुनै उपगुटमा आवद्ध नरहेको समेत बताए । ‘यो उपगुट नेताले नभई कार्यकर्ताले आफ्नो स्वार्थका लागि बनाए जस्तो मलाई लाग्छ ।’ उनले भने ‘यहाँ सबै पार्टी सभापति शेर बहादुर देउवा पक्षका छन् । यो क्षेत्रको विकाशका लागि सभापति शेर बहादुर देउवालाई केन्द्रमा विजयी गराउन समेत म महाधिवेशन प्रतिनिधिको तयारीमा लागिरहेको छु ।’
उनले अगाडी थपे ‘शेर बहादुर देउवालाई केन्द्रमा विजयी गराउन म महाधिवेशन प्रतिनिधिको तयारी गरीरहनु भएका मेरा थुप्रै उद्योगपति तथा व्यापारी साथीहरु हुनुहुन्छ उहाँहरुलाई समेत सभापति देउवाका लागि भोट माग्छु । किनकी सुदूरपश्चिमको विकासका लागि सभापति देउवा केन्द्रमा रहन अतिनै आवश्यक छ ।’