भीमदत्तले महेन्द्रनगरका थोत्रा सडक अझै मर्मत समेत गर्न सकेन

महेन्द्रनगर । स्थानिय सरकार आएको झन्डै ४ वर्ष वितिसकेको छ । यो विचमा थुप्रो क्षेत्रमा विकाश पनि भएको छ । यद्यपी कञ्चनपुरको सदरमुकाम स्थित महेन्द्रनगर बजार क्षेत्रका ४/५ वर्षदेखी कालोपत्रे फुटेका खाल्डाखुल्डी परेका थोत्रा सडक हालसम्म मर्मत समेत हुन सकेका छैनन् । सदमुकाममै रहेको जिल्लाकै सबैभन्दा ठुलो भीमदत्त नगरपालिकाले बजार क्षेत्रका थोत्रा सडक मर्मत समेत गर्न नसक्नु दुखद् कुरा हो । जिल्ला सदमुकाम महेन्द्रनगर बजारमै नगरपालिकाको कार्यालय छ ।

त्यही कार्यालयको ४/५ सय मिटर भित्रका ४ वर्षदेखी खाल्डाखुल्डी परेका थोत्रा सडक हालसम्म मर्मत समेत हुन सकेका छैनन् । महेन्द्रनगर बजार क्षेत्रका मदन चोक देखी नेपाल टेलिकमको कार्यालय सम्म,सञ्चार चोक देखी जिल्ला कारागार सम्म र गल्लि नम्बर ५ स्थित एभ्रेष्ट बैंक देखी आखाँ अस्पताल र त्यहाँ देखी नेपाल रेडक्रस सोसाइटीको कार्यालय सम्मको सडक खण्डको कालोपत्रे फुटेर खाल्डाखुल्डी परेको अवस्था छ ।

यस्तै गल्लि नम्बर ४,३,१ र बसपार्क स्थित कलस होटेल अगाडीको सडकको अवस्थापनि उस्तै छ । यता मदन चोक देखी जिल्ला प्रहरी कार्यालय र त्यहाँ देखी नेपाली काँग्रेसको पार्टी कार्यालय सम्म र सब्जिमण्डी देखी भानुपार्टी प्यालेस सम्मको सडकमा पनि खाल्डाखुल्डी थुप्रो छन् ।

लामो समय सम्मपनि सडक मर्मत नहुदाँ स्थानियले दुख खेप्नु परेको छ । बजार क्षेत्रकै सडकमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम र धुलोधुवा पनि बढेको छ । महेन्द्रनगरको मुख्य बजारको सडक नै ठाउँठाउँमा फुटेको बताउँदै स्थानीय जनक चन्द भन्छन्, ‘बजार क्षेत्रका सडक झन्डै ४/५ वर्षदेखी मर्मत सम्भार नै हुन सकेको छैन ।’ सडक मर्मत सम्भार नहुँदा थोत्रा सडकमाथि सवारी गुडाउनै मुस्किल भएको र दुर्घटनाको जोखिम समेत बढेको उनी बताउँछन् । ‘ठाउँठाउँमा फुटेका सडकमा सवारी साधन गुडाउनै गाह्रो हुने गरेको छ,’ उनले भने,‘पानी पर्दा त झन खाडल भरिएर त्यहाँ सडक छ की खाल्डो त्यो पनि थाहा नहुने अवस्थाका बजारका सडक छन् ।’

बजारका सडक फुटेर खाल्डा परेको लामो समय वितिसक्दापनि भीमदत्त नगरपालिकाले अहिलेसम्म मर्मत समेत नगर्दा गाडी गुडाउन समस्या हुने गरेको अटो चालक क्मित खड्काले बताए । ‘बजारका सबै सडकको कालोपत्रे फुटेर लामो समयदेखी खाल्डाखुल्डी परेको अवस्था छ ।’ अटो रिक्सा चालक हिक्मत भने ‘तर यो नगरपालिकाले यी सडक मर्मत समेत गर्न सकेको छैन ।’ उनले अगाडी थपे ‘अब यो बजारका रोडको त यो अवस्था छ, झन गाउँघर तिर कसो होला ?’ बजारका केही सडक,ढल र सडक बत्ती भने क्षेत्रिय सहरी विकास आयोजना (आरयुडिपी) अन्तर्गत निमार्ण तथा मर्मत भइहरको अवस्था छ ।

यता भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरी सिंह धामीले बजार क्षेत्रका सडक कालोपत्रे गर्न क्षेत्रिय सहरी विकास आयोजना (आरयुडिपी) अन्तर्गत काम भइरहेकोले नगरापलिकाले कालोपत्रे नगरेको हुन सक्ने बताए । ‘यो बजार क्षेत्रका सडक कालोपत्रे आरयुडिपीले बनाइदिने भन्ने छ ।’ उनले भने ‘पहिलो चरणको ७/८ किलोमिटर सडक कालोपत्रे आरयूडिपीले निर्माण,मर्मत गरीरहेको छ, अब दोस्रो चरणमा बजार क्षेत्रको बनाउने कुरा हो ।’ उनले अगाडी थपे ‘आयूडिपी ले बजार क्षेत्रका सडक बनाइरहेकोले नगरपालिकाले कालोपत्रे नगरेको हुनसक्छ ।

अब आरयूडिपीले बनाए ठिकै छ नभए नगरपालिकाले यो वर्ष केहीन केही टालटुल गर्ने काम त गर्छ होला ।’ उनकाअनुसार सडक दुर्घटना तथा नगरको सौन्दर्यका कुरालाई मध्यनजर गर्दै नगरपालिकाले बजार क्षेत्रका कालोपत्रे फुटेका सडक मर्मत पर्ने हो । ‘दुर्घटना र सहरको सौन्दर्यकरणका लागि पनि ती सडक मर्मत गर्नु पर्छ ।’ उनले भने ‘ मलाई लाग्छ अब यो विषयमा नगरपालिकाले केहीन केही त योजना बनाएको छ होला ।’

स्थानिय युवाले बनाए भत्केको कल्भर्ट

दुई महिना अघि महेन्द्रनगर बजारको गल्लि नम्बर ४ स्थित सञ्चार चोक नजिकैको कल्भर्ट भत्केको ३ वर्ष वितिसक्दापनि भीमदत्त नगरपालिकाले नबनाएको भन्दै स्थानिय युवाहरुले आफै आफ्नो पकेट खर्चबाट मर्मत गरेका थिए । लामो समयदेखीे कल्भर्ट भत्केर बिच भागमा ठुलो प्वाल परेको थियो । यद्यपी नगरपालिकाले मर्मत नगरेपछि हामी स्थानिय युवा आफैले मर्मत गरेको समाजसेवी मदन चन्दले बताए ।

‘यो कल्भर्ट भत्केर दुर्घटनाको उच्च जोखिम थियो । कतिपय सानातिना दुर्घटनापनि घटे ।’ उनले भने ‘तर नगरपालिकाले वास्ता नगरेपछि हामी स्थानिय आफैले आफ्नो पकेट खर्चबाट र स्थानिय व्यापारीको सहयोगमा सो कल्भर्ट मर्मत गरेका हौ ।’ उनले अगाडी थपे ‘बजारभरीका सडकपनि कालोपत्रे फुटेर खाल्डाखुल्डी परेको अवस्था छ । तर अझैपनि नगरपालिकाको ध्यान त्यसतर्फ गएको छ ।’

ताजा समाचार