राउटे परिवारलाई छाक टार्न धौ–धौ

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर देखी १२ किलोमिटर उत्तर पश्चिम गएपछि पुगिन्छ भीमदत्त नगरपालिका–९ मटेना स्थित कलरविर राउटेको घरमा । जस्तापाताले छाएको सानो २ कोठाको तर झयाल,ढोका नभएको करविरको घरको बाहिरपट्टी भीत्तामा माननिय डाक्टर दिपक प्रकाश भट्टको स्थानिय पूर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत विपन्न नागरीकका लागि आवास भवन निर्माण लेखिएको ठुलो बोर्ड झुन्डाइएको छ । शुक्रबार दिउँसोको समय हो, सिमसिमे पानी परिहरकोे थियो ।

त्यो पानी उनको घरमा झ्याल,ढोका नभएका कारण हावा लागेर घर भित्रै परिहरको थियो । र कलविर उनको श्रीमती पुनम र एक छोरी घर भित्र रेडियो सुन्दै पल्टिरहेका थिए । हामी त्यहाँ पुग्दा उनिहरु उठेर नमस्कार भन्दै बाहिर निस्किए । यो घर कस्ले बनाइदिएको ? झ्याल,ढोका त छैन किन ? भरेर सोध्दा ‘(सांसद दिपक प्रकाश भट्टको नाम लेखिएको साइन बोर्ड तर्फ देखाउदैँ) उँ त्यस्मा नाम भएका सरकारले तीन वर्ष अगाडी यो घर बनाइदिए ।’ कलविरले भने ‘तर बिना झ्याल, ढोकाको बनाए ।’

उनले अगाडी थपे ‘अब पानी परेपछि सबै पानी भित्र आउछ झ्याल नभएर राती साप,किरा,जंगलका जनावरको पनि डर छ ।’ रोजगार नभएका कारण छाक टार्न समेत धौ–धौ भएको उनले बताए । ‘घरको यो अवस्था छ, अहिले सम्म झ्याल, ढोका,विजुली,पानी केही छैन ।’ उनले भने ‘सरकारले काम पनि दिदैँन,अहिल लेवरको काम पनि पाइएको छैन,के गर्ने अहिले खाए विहान के खाने भन्ने चिन्ता हुन्छ ।’ उनले अगाडी थपे ‘अब दशैँ पनि नजिक आयो भन्छन्, के गर्नु केही ज्याला मजुरी काम पाए मनाउने मन छ काम नपाए के बाट मनाउनु दुख छ । अब यो रेडियोमा केही काम र राहात पाइन्छ की भनेर सुनिराख्छु यसमा पनि केही आउदैँन ।’

No description available.

यस्तै दुर्गा राउटेको परिवारको दुख पनि उस्तै छ । ‘सरकारले घर त बनाए तर झ्याल ढोका नभएको ।’ दुर्गा राउटेले भनिन् ‘अहिले त कोही नेता फर्केरपनि आएका छैनन्,यहाँ न केही काम पाएका छौ,एक महिना भयो ज्याला,मजुरी काम पनि पाइएको छैन,हामीलाई त साझ विहान के खाने भन्ने चिन्ता छ ।’ उनले अगाडी थपिन् ‘अब दशैँ आयो कतै मजुरी काम पाए त हुन्थ्यो खै नपाए कसरी दशैँ मनाउने ?’ कामधन्दा केही नहुदाँ दुई छाक खान पनि समस्या भइरहेको सोही ठाउँका मान सिंह राउटेले बताए ।

‘रेडियोमा सरकारले महिला,दलितलाई सिप सिकायो,रोजगार दियो भनेर सुन्छौ ।’मान सिंहले भने ‘सरकारले हामी राउटेलाई पनि केही सीप र काम दिएको भए दुई छाक खान त समस्या हुने थिएन तर खै यहाँ लेवरी काम पनि नपाउँदा भोकै बस्नु पर्छ ।’ उनले अगाडी थपे ‘जंगलमा तरुल, गिट्ठा, भ्याकुर कन्दमुल पनि पाइदैनन् ।’ उता धन सिंह राउटे पनि केही काम नपाएर पैचो मागेर परिवार पाल्न बाध्य छन् ।

‘अहिले काम केही छैन,बेल्चा,ढुङगा फुटाउने काम गर्छु त्यो काम पनि पाइदैन ।’ धनसिंहले भने ‘घरमा अन्न सकिएर अस्ति एक बाहुनबाट रिन मागेर छाक टारिरहेका छौ । अब कती दिन यसरी चल्ने हो ।’ उनले अगाडी थपे ‘दुई छाक खान पनि समस्या भइरहेको छ ।’ यता भीमदत्त नगरपालिका–९ कावडाध्यक्ष राम नाथ राउटे परिवारलाई छाक टार्न समस्या परेको बारे आफुलाई जानकारी नभएको बताउँछन् । ‘त्यो विषयमा मलाई कुनै जानकारी आएको छैन ।’वडाध्यक्ष नाथले भने ‘त्यस्तो समस्या रहेछ भने म तत्काल नगरपालिका संग समन्वय गरेर उहाँहरुलाई राहतको व्यवस्था गर्छु ।’

सांसद भट्टद्धारा झ्याल ढोका नभएका घर हस्तान्त्ररण

कलबिर राउटे र दुर्गा राउटेको परिवार बस्दै आएको झ्याल ढोका नभएको घर कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सांसद डा. दिपक प्रकाश भट्टद्धारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत बनाइएका हुन् । सांसद भट्टले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिकाका विपन्न तथा भूमिहिन नागरिकहरुका आवाश निर्माणका लागि ५० लाख रुपैँया लागतमा १५ घर निर्माण गरिएका छन् ।

कलबिरका अनुसार सांसद भट्टले बनाइदिएका घर हस्तान्त्ररण गरिएको ३ वर्ष वितिसक्दापनि झ्याल, ढोका निर्माण भएका छैनन् । ‘सरकारले घर त बनाइदिए तर झ्याल, ढोका केही छैन ।’ कलबिर की श्रीमती पुनम राउटेले भनिन् ‘यो घर बनाएको ३ वर्ष भयो तर अहिल सम्म झ्याल,ढोका केही बनाइएका छैनन् । आधै घर बनाइदिए ।’ उनले अगाडी थपिन् ‘पक्कि घर बनाइदिने भनेका थिए नेताले तर अहिले सम्म यी घर माटोले लिप्छौ, झ्याल,ढोका,पानी,विजुली केही छैन ।’

No description available.

यद्यपी सांसद भट्टका स्वकिय सचिव नितेश भट्टले सबै घर प्राविधिक लागत इस्टिमेट अनुसार नै निर्माण गरिएको दावि गरे । ‘ती घर सबै प्राविधिक इस्टिमेटका आधारमा बनेका छन् । झ्याल ढोका चाही इस्टिमेटमा थिएन ।’ उनले भने ‘ झ्याल ढोका घरधनी आफैले बनाउनु पर्ने भनेका थियौ । १५ घर मध्ये १३ घरधनीले आफैले झयाल ढोका बनाए तर राउटे परिवारले आफ्ना घरका झ्याल ढोका बनाउन सकेनन् ।’ उनले अगाडी थपे ‘अब त्यस्ता झयाल ढोका बनाउन नसकेकाहरुको घरमा झयाल ढोका,शौचालय बनाइदिने र पानी,विजुली को व्यवस्था गर्ने समेत योजना रहेको छ ।’

ताजा समाचार