लालपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा

महेन्द्रनगर । माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुरको बेदकोट नगरपालिका–९ स्थित लालपुर बजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको छ । शुक्रबार शाखा रहित बैंकिङ सेवा समुद्घाटन कार्यक्रमका प्रमुख अथिति बेदकोट नगरपालिका–९ का वडाध्यक्ष राम सिंह धामीले रेवन काटेर उद्धघाटन गरेका छन् ।

यो संगैँ जिल्लामा माछापुच्छ्रे बैंकका शाखा रहित बैंकिङ सेवा ४ र देश भरी १ सय ७८ पुगेको माछापुच्छ्रे बैंक लिमिटेड महेन्द्रनगर शाखा प्रमुख दिपक खड्काले बताए ।

उनकाअनुसार मामाछापुच्छ्रे बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले आज लालपुर बजारमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय समाजेसेवी युवा विरेन्द्र कलौनीलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । ‘यो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइने छ ।’ महेन्द्रनगर शाखा प्रमुख खड्काले भने ‘शाखा रहित बैंकिङ बाट सेवाग्राहीले जुनसुकै समयमा पनि सेवा लिन सक्ने छन् ।’

समुद्धघाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख हरि ऐर,लालपुर बजार व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर बोहरा,नेपाली काँग्रेस बेदकोट नगरपालिकाका नगर सदस्य प्रदिप पाल तथा विभिन्न संघ संस्था प्रतिनिधि,पत्रकार लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

ताजा समाचार