मन्त्रीपरिषद् विस्तारको तयारी, सपथ आजै

काठमाडौं । सरकारले मन्त्रीपरिषद् विस्तारको अन्तिम तयारी गरेको छ । प्रधानमन्त्रीको सफथ लिएको दुई महिना वितसक्दा पनि कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

यसबीच पार्टीभित्रैबाट आलोचना खेपिरहेका देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आजै मन्त्रीपरिषद् विस्तार हुने र सपथ पनि आजै हुने दावी गरेका हुन् । ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने आजै हुन्छ’ उनले भने ।

लामो समयसम्म सरकार विस्तार हुन नसकेपछि सरकारको चौतर्फित आलोचना भइरहेको छ । गठबन्धन सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाका गरी ५ दलको गठबन्धन सरकारको नेतृत्वमा छ ।

अहिले मन्त्रिपरिषद्‍मा ५ जना मात्रै मन्त्री रहेका छन् । कांग्रेसबाट स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन् । कांग्रेसबाटै गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा। नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भूसालले नेतृत्व गरिरहेका छन् । त्यसबाहेक १६ वटा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री देउवाले नै गर्दै आएका छन् ।

त्यस्तै पाँच दलको गठबन्धनमा रहेको अन्य दुई पार्टी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत सामाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी ९जसपा०ले सरकारमा सहभागी मन्त्रीहरुको नाम नै टुंग्याउन बाँकी रहेको छ ।

नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालबाट उपचारपछि घर फर्किएका छन् । स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्किएको जानकारी दिए । उनका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नेछन् ।

मन्त्रीमपरिषद्मा ढिलाई भइरहेको बेला माधव नेपाल अस्वस्थताका कारण देखाउँदै प्रधानमन्त्री देउवाले पछिल्लो दिन क्याबिनेट विस्तारमा ढिलाई भएको बताएका थिए ।

यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो ।

देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । तर, ६ जना सदस्यका साथ उनले ‍सरकार चलाइरहेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिएकोमा उनको आलोचना भइरहेको छ ।

ताजा समाचार