टिकटक लाईभहोष्टर अंशु बर्माद्वारा अनाथ बालबालिकालाई कपडा सहयोग

महेन्द्रनगर। टिकटक लाईभहोष्टर अंशु बर्माले अनाथल बालबालिकालाई कपडा वितरण गरेका छन ।

दशैँको अवसरमा बर्माले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बाल अनाथालयमा बालबालिकालाई कपडा वितरण गरेका हुन । बिहीबार एक कार्यक्रमका विच बर्माले अनाथ बालबालिकालाई एक एक जोर लुगा दिएका हुन ।

टिकटक लाईभहोष्टर अंशु बर्माका अनुसार उनले टिकटकको कमाईबाट अनाथ बालबालिकालाई दशैँको खुसियालीमा कपडा दिएको हुन् । उनले भने ‘यी स-साना भाई बहिनीहरु लाइ दशैंमा लगाउन कपडा सहयोग गर्दा निकै खुशी मिल्यो।’ उनले थपे ‘म आगामी दिनमा पनि आफुले भ्याएसम्म सहयोग गर्दै रहेने छु।’

२९ जना बालबालिकालाई कपडा दिएका हुन । यस अघि पनि उनले विभिन्न क्षेत्रका असहाय नागरिकलाई खाद्यान्न तथा कपडा वितरण गरेका बर्माका सहकर्मी बासुदेव भट्ट (होहो) ले बताए ।

ताजा समाचार