२ बर्षदेखी रोकिएको ‘द वार अफ ग्याङस्टार’ चलचित्र जनवरीमा सार्बजनिक हुने

महेन्द्रनगर: कञ्चनपुरमा छायाँकन भएको ‘द वार अफ ग्याङस्टार’ चलचित्र जनवरीमा सार्वजनिक हुने भएको छ ।

कमल सुनारको निर्देशनमा बनेको चलचित्र ‘द वार अफ ग्याङस्टार’ जनवरीमा सार्वजकि गर्ने तयारी भएको हो ।

‘दुई वर्ष अगाडि नै रिलिज गर्ने योजना थियो । तर कोरोना महामारीले त्यो सम्भव भएन ।’ निर्देशक सुनारले भने, ‘अहिले कोरोना महामारी कम हुदै गएकाले जनवरीमा हलमा लगाउने तयारी गरेका छौँ ।’

करिब १० लाखको लगानी रहेको चलचित्रको निर्माता लोकेन्द्र साउँद हुन । चलचित्रमा वास्तविक जीवनको चित्रण गरिएको निर्माण पक्षको दाबी छ ।

कम लगानीमा स्थानीय स्तरमै केन्द्रस्तरमा बन्ने चलचित्र सरह क्यालिटीको चलचित्र बन्न सक्छ भन्ने सन्देश दिन खोजेको निर्देशक सुनार बताउँछन् । चलचित्रमा निर्देशक सुनार नै प्रमुख भूमिकामा छन् ।

महेन्द्रनगर आसपासका क्षेत्रमा छायाँकन भएको हो । यसमा स्थानीय स्तरका कलाकारलाई समेटिएको निर्देशक सुनारको भनाई छ ।

ताजा समाचार