महाकाली किनारको भाईरल रोडमा बढीले कटानी

महाकाली नदिमा ४ लाख क्युसेक भन्दा बढी पानीको बहाव।

कार्तिक २, महेन्द्रनगर आईतवार बेलुका देखि परेको अविरल बर्षाले महाकाली पुल आयोजना भित्रको भाईरल रोड नामले परिचित ६ लेन कालोपतत्रे सडकमा महाकालीको बाढिले कटानी शुरु गरेको छ ।

पुल आयोजना देखि करिब दुई सय मिटर उत्तर तर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु गरेको ईन्जिनियर किशोर पाण्डेले बताए ।

”महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च छ, यो निरन्तर बढी रहेको छ” उनले भने ” बहाव कम नभए कालोपत्रे सडक पुरै भत्काउने अवस्था छ।“

ईन्जिनियर पाण्डेका अनुसार भुजेला खोलाको पानी बस्तीतिर पसेको छ । नदि किनारमा रहेको भीनपा १२ को वडा कार्यालय, नजिकै खडा गरिएको अस्फाल प्लान्ट एरिया र आयोजनाको क्याम्पमा समेत बाढी पसेको छ ।

भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने वडा नम्बर ९ खल्ला, वडा नम्बर १२ ऎरि, १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पनि पानी पसेको छ । स्थानीयको उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छ्न ।

बेमौसमी बर्खाका कारण कार्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो । महाकाली नदिमा ४ लाख क्युसेक भन्दा बढी पानीको बहाव छ ।

ताजा समाचार