सामलिङ्ग पावर कम्पनीको आइपिओ निष्काशन, कति कित्ता भर्ने ?

महेन्द्रनगर। उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिंग पावर कम्पनीले कर्मचारी तथा सर्बसाधारणका लागि आजदेखि साधारण शयेर (आइपिओ) जारि गरेको छ।

इलाम जिल्लामा निर्माण सम्पन्न भई व्यापारिक उत्पादन समेत शुरु गरिसकेको ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयवासीका लागि छुट्टयाइएको पाँच लाख (५,००,०००/-) आइपिओ कर्मचारी तथा सर्बसाधारणका लागि निस्काशन तथा बिक्रि खुल्ला गरेको छ।

निष्काशन गरिएको आइपिओ मध्ये पाँच प्रतिशत अर्थात् छत्तिस हजार पाँचसय (३६,५००/-) कित्ता सामुहिक लगानी कोष (Mutual Fund) का लागि छुट्टयाइएको छ।

बाँकी छ लाख अठहत्तर हजार नौ सय (६,७८,९००/-) कित्ता शेयर खरिदका लागि सर्बसाधारणले २०७८ कार्तिक ८ गते भित्र आवेदन दिन सक्नेछन्।

प्रतिकित्ता रु १०० अङ्कित मुल्यको शेयर न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदनका लागि तोकिएको मितिसम्म माग बमोजिम आवेदन नआए आइपिओ आवेदन दिने समय कार्तिक १८ गतेसम्म बढाइनेछ।

समलिंग पावर कम्पनिको आइपिओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण सि-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

साथै अनलाइन मार्फत ‘मेरो शेयर‘ प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यबस्था गरिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ।

कति कित्ता भर्दा पर्ने सम्भावना हुन्छ ?

सर्बसाधारणका लागि जम्मा ६,७८,९०० कित्ता शेयर तोकिएको हुदा तपाईले जम्मा १० कित्ता भर्दा हुन्छ।

ताजा समाचार