काँग्रेस संसदिय दलका नेता रावलद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदिय दलका नेता डा.रण बहादुर रावलले कञ्चनपुर जिल्लाका बाढीग्रस्त क्षेत्रको अनुगमन तथा पिडित संग भेटघाट र छलफल गरेका छन् ।

बुधबार संसदिय दलका नेता रावल सहित,उपनेता देवराज पाठक,नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरी बोहरा,महाधिवेशन प्रतिनिधि पदम बोगटीले जिल्लाको भीमदत्त नगरपालिका–१२ भुजेला स्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

बेमौसमी वर्षाका कारण महाकाली नदिमा आएकोको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भुजेला लगाएतका अन्य ठाउँमा ठूलो भौतिक संरचना तथा धनको क्षति भएको थियो ।

स्थलगत निरीक्षणमा बाढी पीडितहरुलाई राहतको लागि सरकार र विभिन्न संघ संस्थाहरूसँग पहल गर्ने उनले आश्वासन दिएका छन् ।

यस्तै नेता रावलले महाकाली फोर लेन सडक मापडण्ड अनुसार निर्माण भए नभएको छानविन हुनुपर्ने माग राख्दै,दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माणका लागि समेत पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै बाढीका कारण किसानको करोडौँको धानबाली नस्ट भएको र सयौ जना घरबारबिहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन संघ सरकार संग पहल गर्ने समेत नेता रावलले बताए ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

ताजा समाचार