१६ वर्षीय किशोरी बैतडीमा बेपत्ता

बैतडी। बैतडीमा १६ वर्षीय किशोरी बेपत्ता भएकी छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नं २ पलेटा घर भएकी १६ बर्षीय उपासना चन्द अछामबाट बेपत्ता भएकी हुन्। 

आफ्नै दाजु मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द यही कार्तिक ११ गते बेलुका ४ बजेबाट बेपत्ता रहेकी किशोरीका बुवा लोकबहादुर चन्दले बताएका छन्।

किशोरीलाई फेला पार्ने व्यक्तीले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१२७८५६०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज