२८ औ जन्मदिन को अवसरमा फलफुल वितरण

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। युवा समाजसेवी केशव मलाशीले बृद्ध आमाबुवाहरुलाई फलफुल वितरण गरेर आफ्नो जन्मोत्सवका मनाएका छन्।

हरेक वर्ष जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्य गदैँ आएका समाजसेवी मलाशीको २८ औँ जन्मोत्सव पनि सेवामय नै थियो ।

मलाशीले २८ औ जन्मोत्सव कञ्चनपुरको बेदकोट न.पा. ७,८ रौटेला धाम, गाउजी स्थित श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका बृद्धबृद्धाहरुलाई फलफुल तथा मिठाई वितरण गरेर मनाएका हुन्।

पछिल्लो समय जन्मदिनमा ठुला–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले त्यसको विपरित वृद्ध आमाबुवाहरु सँग खुसियाली बाटेको उनले बताए ।

मलाशी बिगत लामो समय देखि समाजसेवा गर्दै आइरहेका छन् र थुप्रै उदाहरणीय कार्यहरु पनि गरेका छन्।

ताजा समाचार