कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका ५ सीमरानामा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।

मोटरसाइकलमा चार जना सवार रहेका थिए । अन्य तीन जना सामान्य घाइते भएको उनले बताए ।

घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका छन् ।

उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रहेकोमा मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

ताजा समाचार