काँग्रेसलाई थप सक्रिय र गुट,उपगुट रहित बनाउन मेरो उम्मेद्धवारीः नेतृ सिंह

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेको छ ।

गाउँ/नगर अधिवेशन सम्पन्न भएसँगै अब सवैको ध्यान प्रदेश सभा र क्षेत्रिय अधिवेशन तर्फ केन्द्रित छ । भीमदत्त नगरपालिकाकी उप–प्रमुख तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष सुशिला चन्द सिंह क्षेत्र नम्बर ३ कै क्षेत्रिय समितिको सचिव पदका लागि मैदानमा उत्रिएकी छन् ।

वि.सं. २०४६ सालमा विद्यार्थी जीवन देखीनै नेपाल विद्यार्थी संघमा आवद्ध रही सिंहले आफ्नो राजनितिक जीवन सुरु गरिन् । आफ्नो परिवारको प्रेणाबाट राजनितिक क्षेत्रमा लागेकी नेतृ सिंह २०६२ सालमा नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन् ।

त्यस्तै उनले २०६५ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरिन् । यो विचमा उनले महिला अधिकार मञ्च बझाङको अध्यक्ष भई महिला तथा बालवालिकाको क्षेत्रमा थुप्रो काम समेत गरिन् ।

पार्टी जनता र समाजसेवा निरन्तर गर्दै आएकी नेतृ सिंह नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइन् । यस्तै २०७१ सालमा महिला संघ कञ्चनपुरको कोषाध्यक्ष भएर समेत उनले काम गरिन् ।

त्यसप्रश्चात नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. ३ को कोषाध्यक्षमा निर्वाचित भइन् । निरन्तर पार्टीे र समाजसेवामा खटिने नेतृ सिंह जिल्लाकै सबै भन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिकाको उप–प्रमुखमा समेत निर्वाचित भइन् ।

अहिले पार्टीलाई थप सक्रिय,ससक्त र गुट उप–गुट रहित बनाउन कञ्चनपुर क्षेत्र नं. ३ को क्षेत्रिय समिसिको सचिव पदमा उम्मेद्धवारी दिने तयारी गरिरहेको नेतृ सिंहले बताइन् ।

‘पार्टीलाई थप क्रियाशिल,सशक्त र गुट उपगुट रहित बनाउन म सचिव पदको तयारीमा छु ।’ नेतृ सुशिला चन्द सिंहले भनिन् ‘मैले समाजसेवा गर्नको लागि नै राजनिति शुरु गरेकी हु, त्यही कुरालाई आत्मसाथ गरेर काम गर्छु ।’

May be an image of 4 people, tree and text that says "राष्ट्रियता, लोकतन्त्र, समाजवादे नेपाली काँग्रेस कज्चनपुर 98 औ महाधिवेशन-२०७८ सबै अदने देश सबैलाई जोइने कांग्रेस सुशिला चन्द सिंह सचिब पदका उम्मेदवार नेपाली काँग्रेस कन्चनपुर क्षेत्र नं.३ क्षेत्रीय कार्यसमिति यहाहरुको साथ र सहयोगको अपेक्षा गर्दछ जय नेपाल I"

ताजा समाचार