महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गत कञ्चनपुर लगाएतका जिल्लामा वडा,गाउँ र नगर अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु प्रदेश सभा देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।
कञ्चनपुर क्षेत्र नं. ३ बाट उद्योगी व्यवसायी पिताम्बर जोशीले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धवारीको घोषणा गरेका छन् । राजनितिक पारिवारिक पृष्ठभुमीमा हुर्केका जोशी सफल उद्योगी व्यवसायी समेत हुन् । व्यवसायी तथा नेता जोशी समाजसेवामा समेत सक्रिय रहदैँ आएका छन् ।
पार्टी र समाजका लागि काम गर्न महाधिवेशनमा उम्मेद्धवारी दिने तयारी गरेको उनले बताए । ‘म निरन्तर समाजसेवा समेत गर्दै आएको छु ।’ जोशीले भने ‘ अब पार्टी तथा राजनितिको सहायतामा समाजसेव र पार्टीका लागि काम गर्न मैले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धवारी दिने तयारी गरेको छु ।’
उनले अगाडी थपे ‘मैले समाजसेवा गर्नको लागि नै राजनिति शुरु गरेको हु, त्यही कुरालाई आत्मसाथ गरेर काम गर्छु ।’ त्यस्तै उनले आफु उपगुटको विरुद्ध भएकोले कुनै उपगुटमा आवद्ध नरहेको समेत बताए ।
‘यो उपगुट नेताले नभई कार्यकर्ताले आफ्नो स्वार्थका लागि बनाएका हुन् ।’ उनले भने ‘यहाँ सबै पार्टी सभापति शेर बहादुर देउवा पक्षका छन् ।’
