पार्टीलाई थप सक्रिय र सशक्त बनाउन मेरो उम्मेदवारीः राम खड्का

महेनद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगाएतका जिल्लामा गाउँपालिका/नगरपालिका,प्रदेश सभा,क्षेत्रिय अधिवेशन सम्पन्न भइसकेको छ ।

वडा देखी क्षेत्रिय अधिवेशन सम्पन्न भएसंगै अब सवैको ध्यान जिल्ला अधिवेशन तर्फ केन्द्रित छ । नेताहरुले जिल्ला सदस्य देखी सभापति पदमा आ–आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सदस्य पदमा युवा नेता राम खड्काले पनि उम्मेद्धवारी दर्ता गरेका छन् ।

पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले जिल्ला सदस्य पदमा उम्मेदवारी दिएको नेता खड्काले बताए । पार्टीका अग्रज र युवालाई एक साथ डो¥याएर लैजान सके पार्टी मजबुत हुने पनि उनले बताए ।

मतदातालाई दबाब र प्रलोभनमा पारेर नेतृत्व चयन गर्न आशामा बसेकाहरुलाई चुनौती दिन पनि आफू चुनावी मैदानमा उभिएको उनले बताए ।

‘पार्टीलाई थप सक्रिय, सशक्त र गुट उपगुट रहित पार्टी निर्माण गर्न मैले जिल्ला सदस्यमा उम्मेद्धवारी दिएको हो ।’ खड्काले भने ।

उनले पार्टीलाई थप सक्रिय र बलियो कसरी बनाउन सकिन्छ भन्ने कुरालाई नै आत्मसाथ गरेर आफू अगाडि बढ्ने पनि बताए । युवानेता खड्काले विद्यार्थी जीवन देखी नै नेविसंघमा आवद्ध रहेर नेपाली का्रँग्रेसको प्रजातन्त्र,राष्ट्रियता र समाजवादको मुल आदर्शलाई अंगिकार गरेर आफ्नो राजनितिक जिवनको शुरुवात गरेका
थिए ।

May be an image of 6 people and text

ताजा समाचार