लोकतान्त्रिक प्रणालीमा निर्वाचन र निर्वाचनमा विजय,पराजय स्वभाविक होः बहादुर सिंह थापा

महेन्द्रनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हालै सम्पन्न कञ्चनपुर जिल्ला अधिवेशनमा जिल्ला सभापति पदमा पराजित बहादुर सिंह थापाले लोकतान्त्रिक प्रणालीमा निर्वाचन र निर्वाचनमा विजय,पराजय स्वाभाविक रहेको बताएका छन् ।

नेता थापाले आफ्नो फेशबुक मार्फत त्यसो भनेका हुन् । उनले सभापतिमा विजयी पदम बोगटी लगाएतका अन्य पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदैँ विजयीे टिमले नेपाली कांग्रेस कञ्चनपुरलाई थप सुदृढ, र एकताबद्ध बनाउने कुरामा विश्वास लिएको समेत बताएका छन् ।

थापाले आफ्नो फेशबुकमा यसो लेखेका छन्ः

नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा विजयी हुनु भएका प्रिय भाइ पदम बोगटीसहित सम्पूर्ण टिमलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना । यो टिमले नेपाली कांग्रेस कञ्चनपुरलाई थप सुदृढ, र एकताबद्ध बनाउने कुरामा विश्वास लिएको छु । लोकतान्त्रिक प्रणालीमा निर्वाचन स्वभाविक हो, निर्वाचनमा बिजय पराजय पनि त्यति नै स्वभाविक हो। मलाई विश्वास , माया गरेर मतदान गर्नुहुने र मतदान प्रक्रियामा भाग लिनुहुने सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु ,वडा सभापति ज्युहरु , विभिन्न क्षेत्रबाट समर्थन गर्ने साथीहरू र शुभेच्छुकहरुप्रति हार्दिक आभार ।’
जय नेपाल ।
बहादुर सिंह थापा

ताजा समाचार