एनएमबि बैंकले जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

काठमाडौँ। एनएमबी बैंक लिमिटेड बर्ष २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक घोषणा भएको छ।

एसियाका ४८ देशका बैंकहरुलाई पछार्दै एनएमबिले नेपालमै पहिलो पटक ‘Bank of The Year 2021 Asia’ को अवार्ड जितेको हो। यसअगाडी चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।  

बेलायतको लण्डनबाट प्रकाशित हुने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका फाइनान्सियल टाइम्सले सन् २०२१ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०२१ एसिया’ बाट एनएमबि बैंकलाई सम्मान गरेको हो।

त्यस्तै एनएमबि बैंकले  ‘Bank of The Year 2021 Nepal’ को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले  ‘Bank of The Year Nepal’ को अवार्ड चौथो पटक जितेको हो । 

ताजा समाचार