सलमानको ब्लकबस्टर फिल्म ‘बजरंगी भाइजान’को सिरिज बन्ने

बलिउड अभिनेता सलमान खान र अभिनेत्री करिना कपूरको मुख्य भूमिका रहेको चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ ।

जनवरी ७ तारिखबाट विश्वभर रिलिज हुन लागेको चलचित्र ‘आरआरआर’को प्रचारका लागि आयोजित कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’को सिरिजको घोषणा गरेका हुन् । यो चलचित्रको कथा ‘आरआरआर’का निर्देशक एसएस राजमौलीका पिता केभी विजयन्द्रले लेख्दैछन् ।

सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करिअरकै उत्कृष्ट चलचित्र भएको समेत बताए । कार्यक्रमका सञ्चालक करण जोहरले यसको सिरिजको घोषणा भएको हो भनेर सोध्दा सलमानले ‘हो’ भनेर जवाफ दिएका थिए ।

कबीर खानको निर्देशनमा तयार भएको चलचित्र ‘बजरंगी भाइजान’ले ३ सय करोड भन्दा बढीको व्यापार गरेको थियो । तर, चलचित्रको छायांकन कहिलेबाट शुरु हुन्छ र कलाकार को–को हुनेछन् भनेर सलमानले केही पनि बताएका छैनन् ।

ताजा समाचार