कञ्चनपुरमा बनेको चलचित्र ‘द वार अफ ग्याङस्टर्स’ सार्बजनिक हुने मिति घोषणा

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगर आसपासका क्षेत्रमा छायाँकन भएको ‘द वार अफ ग्याङस्टर्स’ चलचित्र सार्वजनिक हुने मिति तय भएको छ ।

पुष १० गते पत्रकार सम्मेलन गर्दै निर्देशक कमल सुनारले चलचित्र ‘द वार अफ ग्याङस्टर्स’ माघ २८ गते सार्बजनिक हुने घोषणा गरेका हुन् ।

‘दुई वर्ष अगाडि नै सार्बजनिक गर्ने योजना थियो तर त्यो हुन सकेन जसको मुख्य कारण कोरोना महामारी थियो ।’ निर्देशक सुनारले भने, ‘अब कोरोनाको जोखिम न्यून रहेको र चलचित्रको बाँकी काम पनि सकिएकोले माघ २८ गते सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’

१० लाख बढीको लगानीमा बनेको चलचित्र द वार अफ ग्याङस्टर्स’ का निर्माता लोकेन्द्र साउँद हुन । चलचित्रको नाम ‘द वार अफ ग्याङस्टर्स’ रहेपनि निकै सन्देशमुलक रहेको उनको दाबी छ ।

चलचित्रमा निर्देशक सुनार लगायत स्थानीय स्तरका ५० भन्दा बढी कलाकारहरुको अभिनय हेर्न पाइनेछ ।

ताजा समाचार