नेपाली काँग्रेस अछामका नेता तथा कार्यकर्ताद्धारा एकल महिलाको घर मर्मतका लागि जस्तापाता सहयोग

महेन्द्रनगर । नेपाली काँग्रेस अछामका नेता तथा कार्यकर्ताले चौरपाटी गाउँपालिका–४ पायलकी मनसरा जोशीको घर मर्मतका लागि जस्ता पाता सहयोग गरेका छन् ।

एकल महिला तथा विपन्न परिवारकी जोशीको घरको छानो भत्केर लामो समयदेखी मर्मत समेत गर्न नसक्दा काँग्रेसका नेता तथा कार्यकर्ताले ६० हजार मुल्य बराबरका जस्तापाता सहयोग गरिएको नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ (क) का प्रदेश सभापति महेश खड्काले बताए ।

उनले भने ‘जोशीको घर लामो समयदेखी जिर्ण अवस्थामा रहेको थाहा पाएपछि हामी काँग्रेसका नेता कार्यकर्ता साथीहरुबाट रकम संकलन गरेर जस्तापाता खरिद गरि मंगलबार उहाँलाई हस्तान्त्ररण गरेका हौ ।’ नेपाली काँग्रेस अछामका नेता तथा कार्यकर्ताले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

आर्थिक सहयोग गर्नेे दाताहरुः

क्र.सं. नामपदसहयोग रकम

राजेन्द्र ब.शाहामहाधिवेशन प्रतिनिधि १०,०००
कृष्ण ब.कुवँरमहाधिवेशन प्रतिनिधि५,०००
डम्बर ब. सुनारमहाधिवेशन प्रतिनिधि५,०००
भीम ब. साउँदनिर्माण विभाग केन्द्रिय सदस्य५,०००
तुलाराम साउँदप्रदेश सदस्य५,०००
भक्त ठकुल्लाप्रदेश सदस्य५,०००
रेबन्त ठकुल्लाप्रदेश प्रतिनिधि५,०००
डिल्ली साउँदनेता५,०००
धर्म ब. साउँदने.का.चैरपाटी गा.पा. सभापति५,०००
१० कृष्ण बुढाक्षेत्रीय सभापति३,०००
११महेश खड्काने.का.अछाम क्षेत्र नं. १ ‘क’ सभापति२,०००
१२ जयन्द्र स्वारमहाधिवेशन प्रतिनिधि१,०००
१३ खगेन्द्र खड्कानेता१,०००
१४ टेक ब. साउँदनेता१,०००
१५ तुल ब. साउँदनेता५००
१६ कल्पना थापानेता५००

ताजा समाचार