राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक

महेन्द्रनगर । बुधबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० (२,९१,९२,४८०) पुगेको छ ।

  • पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ (४८.९६%)
  • महिला : १ करोड ४९ लाख ०१ हजार १ सय ६९ (५१.०४%)
  • नेपालमा घर संख्या : ५६ लाख ४३ हजार ९४५
  • परिवार संख्या : ६७ लाख ६१ हजार ०५९
  • प्रदेश १ : ४९ लाख ७२ हजार २१ (१७.०३ प्रतिशत)
  • मधेश प्रदेश : ६१ लाख २६ हजार २ सय ८८ (२०.९९ प्रतिशत)
  • बागमती प्रदेश : ६० लाख ८४ हजार ४२ (२०.८४ प्रतिशत)
  • गण्डकी प्रदेश : २४ लाख ७९ हजार ७ सय ४५ (८.४९ प्रतिशत)
  • लुम्बिनी प्रदेश : ५१ लाख २४ हजार २ सय २५ (१७.५५ प्रतिशत)
  • कर्णाली प्रदेश : १६ लाख ९४ हजार ८ सय ८९ (५.८१ प्रतिशत)
  • सुदूरपश्चिम प्रदेश : २७ लाख ११ हजार २ सय ७० (९.२९ प्रतिशत)

जनगणनाका लागि पहिलो चरणको स्थलगत कार्य गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको कार्य कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

ताजा समाचार