अनुमति बिना सार्बजनिक स्थलमा कसैको भिडिओ खिच्न नपाइने, खिच्नेलाई कारबाई गरिने

महेन्द्रनगर। गृह मन्त्रालयले अनुमति बिना कसैको तस्बिर/भिडियो खिचेको, मस्कारी (Prank) वा कुनै किसिमको रमाइलो क्रियाकलाप गरेमा कारबाही गर्ने घोसना गरेको छ।

पछिल्लो समय व्यक्तिलाई मानसिक रूपमा असर गर्ने, नकारात्मकता सिर्जना गर्नेलाई कारबाही गरिने घोषणा गरेको छ।

सार्बजनिक स्थलहरुमा मजाक, ख्यालठट्टाबाट व्यक्तिमा बिभिन्न प्रकारको मानसिक तनाब, वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा नकारात्मक प्रभाव पर्नसक्ने हुदा यस्ता क्रियाकलापमा संग्लन जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।

ताजा समाचार