मालिकार्जुन गाउँपालिकाद्धारा बृद्धाआश्रमलाई खाद्यान्न तथा आर्थिक सहयोग

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले बृद्धाआश्रमलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ ।

शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका–७ रौटेला धाम,गाउजी स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धाबृद्धहरुलाई मालिकार्जुन गाउँपालिकाले खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो ।

नमुना पालिकाहरुको भम्रणमा रहेका मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी आफै वृद्धआश्रम पुगेर खाद्यान्न सहयोग गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले बताए ।

भ्रमण बाट केही रकम बचत गरेर शुक्रबार हाम्रो टोलीले वृद्धआश्रमलाई केही राहत होस भन्ने उद्देश्ले चामल,दाल,नुन,तेल,मैदा लगाएका खाद्यान्न सामाग्री सहयोग गरेको मालिकार्जुन गाउँपालिकाका लेखापाल पुस्कर विष्टले बताए । लेखापाल विष्टले व्यक्तिगत वृद्धाआश्रमलाई आर्थिक सहयोग समेत गरेका छन् ।

No description available.

‘वृद्धाआश्रममा सहयोग गर्ने भन्ने कुनै योजना थिएन ।’ मालिकार्जुन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रशाद जोशीले भने ‘हामी भम्रणमा आएका थियौ र भ्रमण बाट केही रकम बचत गरेर वृद्धआश्रमलाई साथीहरुले सक्दो सहयोग गरौँ भनेर केही खाद्यान्न र व्यक्तिगत रुपमा हाम्रा लेखापल पुस्कर विष्ट सरले केही आर्थिक सहयोग गर्नु भएको हो ।’

उनले अगाडी थपे ‘आगामी दिनमा पनि गाउँपालिकाले वृद्धाआश्रमलाई सक्दो सहयोग गर्नेछ ।’

ताजा समाचार