९२ बर्षिय लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा कोरोना संक्रमणका कारण अस्पतालमा आइतबार निधन भएको छ।

स्वर कोकिला’ उपनामले परिचित लताको निधन सरस्वती पूजाका दिन आज भएको हो। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा लताको निधन भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

लताले ३६ भाषामा गीत गाएकी छन्। उनले गाएका कैयौं नेपाली गीत पनि लोकप्रिय छन्।

लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्द भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।

उनको निधनमा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ। लताले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छिन्।

ताजा समाचार