कैलालीमा फागुन १ बाट सिनेमा हाल खुल्ने

महेन्द्रनगर। कैलालीमा कोरोनाका कारण बन्द भएका सिनेमा हलहरु खुल्ला हुने भएका छन् ।

शुक्रबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार फागुन १ गते वाट स्वास्थ्य मापदण्ड अबलम्बन गरि कुल क्षमताको ५०% नबढ्ने गरि बिहान ५:०० बजेदेखि राति १०:०० बजे सम्म सिनेमा हल संचालन गर्न अनुमति दिएको छ।

यो संगै जिल्ला प्रशासन कार्यालय, कैलालीले १६ बुदे आदेश जारी गरेको छ।

सिनेमा हल खुल्ला हुने बितिक्कै बिभिन्न नेपाली अथवा बिदेशी फिल्महरु सिनेमा हलमा प्रदर्शन हुने छन् ।

ताजा समाचार