शुक्लाफाँटा निकुञ्जमा दश वर्षमा झन्डै ३० हजार पर्यटकद्धारा अवलोकन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १० वर्षमा झन्डै ३० हजार पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६८/०६९ देखी आर्थिक वर्ष ०७७/०७८ सम्म २८ हजार ९ सय ६६ जना पर्यटकले निकुञ्जको अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

निकुञ्ज कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष ०६८/०६९ मा सार्क मुलुकका ७ जना महिला,१७ जना पुरुष,विदेशी ४४ जना महिला,९६ जना पुरुष र नेपाली ९० जना महिला,२८६ जना पुरुष गरि जम्मा ५४० जना, आर्थिक वर्ष ०६९/०७० मा सार्क मुलुकका ४ जना महिला,१२ जना पुरुष,विदेशी ६३ जना महिला,११७ जना पुरुष र नेपाली ४८ जना महिला,२२७ जना पुरुष गरि जम्मा ४७१ जना, आर्थिक वर्ष ०७०/०७१ मा सार्क मुलुकका १२ जना महिला,६४ जना पुरुष,विदेशी ७७ जना महिला,१०७ जना पुरुष र नेपाली १२१ जना महिला,६०३ जना पुरुष गरि जम्मा ९८४ जनाले निकुञ्जको अवलोकन गरेका छन् ।

यस्तै आर्थिक वर्ष ०७१/०७२ मा सार्क मुलुकका ४६ जना महिला,५८ जना पुरुष,विदेशी ५२ जना महिला,६० जना पुरुष र नेपाली १५१ जना महिला,४५७ जना पुरुष गरि जम्मा ८२४ जना, आर्थिक वर्ष ०७२/०७३ मा सार्क मुलुकका ९ जना महिला,८६ जना पुरुष,विदेशी ६२ जना महिला,११३ जना पुरुष र नेपाली ४५५ जना महिला,१ हजार १ सय ९४ जना पुरुष गरि जम्मा १ हजार ९ सय १९ जना, आर्थिक वर्ष ०७३/०७४ मा सार्क मुलुकका ४७ जना महिला,८३ जना पुरुष,विदेशी ५६ जना महिला,८१ जना पुरुष र नेपाली ८३२ जना महिला,१ हजार ५ सय ४१ जना पुरुष गरि जम्मा २ हजार ६ सय ४० जना र आर्थिक वर्ष ०७४/०७५ मा सार्क मुलुकका ५२ जना महिला,१४१ जना पुरुष,विदेशी १०५ जना महिला,१६१ जना पुरुष र नेपाली १ हजार २ सय ८५ जना महिला,२ हजार ९ सय ९६ जना पुरुष गरि जम्मा ४ हजार ७ सय ४० जनाले निकुञ्जको अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक वाडेन नुरेन्द्र अर्यालले बताए ।

उनकाअनुसार आर्थिक वर्ष ०७५/०७६ मा सार्क मुलुकका १२० जना महिला,१८८ जना पुरुष,विदेशी १५८ जना महिला,१९२ जना पुरुष र नेपाली ५ हजार ५ सय ७० जना महिला,५ हजार ९ सय १० जना पुरुष गरि जम्मा १२ हजार १ सय ३८ जनाले शुक्लाफाँटा निकुञ्जको अवलोन गरेका छन् ।

आर्थिक वर्ष ०६८/०६९ देखी ०७५/०७६ सम्म शुक्लाफाँटा निकुञ्जमा पर्यटकको संख्या बढ्दो क्रम भएकोमा पछिल्लो समय कोरोना भाइरस लगाएको कारण पर्यटकको संख्यामा ह्वातै गिरावट आएको सहायक वाडेन अर्यालले बताए ।

‘आर्थिक वर्ष ०७६/०७७ यता कोरोना भाइरसका कारण शुक्लाफाँटामा पर्यटकको संख्यामा गिरावट आएको छ ।’ सहायक वाडेन अर्यालले भने ।

उनकाअनुसार आर्थिक वर्ष ०७६/०७७ मा निकुञ्जमा सार्क मुलुकका २१ जना महिला,५१ जना पुरुष,विदेशी ३९ जना महिला,६१ जना पुरुष र नेपाली ६२१ जना महिला,९८२ जना पुरुष गरि जम्मा १ हजार ७ सय ७५ जना र आर्थिक वर्ष ०७७/०७८ मा सार्क मुलुकका २ जना महिला,३ जना पुरुष,विदेशी ३ जना पुरुष र नेपाली १ हजार २ सय ९ जना महिला,१ हजार ७ सय १८ जना पुरुष गरि जम्मा २ हजार ९ सय ३५ जनाले अवलोकन गरेका छन् ।

हाल पुनः निकुञ्जमा पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको सहायक वाडेन अर्यालले बताए । ‘कोरोनाका कारण विचमा यहाँ आउने पर्यटकको संख्यामा केही गिरावट आयो ।’ उनले भने ‘यद्यपी अहिले फेरी यहाँ आउने पर्यटकहरुको संख्यामा वृद्धि भइरहेको छ ।’

ताजा समाचार