शुक्लाफाँटा निकुञ्जबाट यहाँका जनताले लाभ लिन सक्नु भएको छैनः काँग्रेस कञ्चनपुर सभापति बोगटी

महेन्द्रनगर । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सभापति पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट स्थानिय जनताले कुनैपनि लाभ लिन नपाएको बताएका छन् ।

सोमबार राष्ट्रिय पर्यटन बोर्डको सहयोगमा भीमदत्त नगरपालिकाद्धारा आयोजना गरिएको पाचौँ शुक्लाफाँटा पर्यटन महोत्सवको उद्धघाटन कार्यक्रममा बोल्दै पार्टी सभापति बोगटीले त्यसो भनेका हुन् ।

कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्जबाट त्यहाँका जनताले धेरै लाभ (फाइदा) लिएको बताउदैँ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँका जनताले भने कुनैपनि किसिमको लाभ लिन नपाएको बताए ।

‘पूर्वमा चितवन राष्ट्रिय निकुञ्जबाट त्यहाँका धैरै स्थानिय जनताले रोजगारी पाएका छन् । निकुञ्जबाट धेरै लाभ लिइरहेका छन् ।’ पार्टी सभापति बोगटीले भने ‘तर हाम्रो शुक्लाफाँटा निकुञ्जबाट यहाँका जनताले कुनैपनि किसिमको फाईदा लिन पाएका छैनन् ।’ उनले अगाडी थपे ‘यहाँका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार नहुदाँ र अन्य कारण यहाँ बढी पर्यटक भित्राउन नसक्दा यहाँका जनताले कुनै लाभ उठाउन सकेका छैनन् ।’

यहाँ पर्यटक भित्राउन यहाँका पर्यटकिय क्षेत्रको प्रचार प्रसार र शुक्लाफाँटा निकुञ्ज प्रवेश गर्न मझगाउँ जस्तै अन्य ठाउँ ठाउँमा प्रवेशद्धारको व्यवस्थ गर्नु पर्नेमा जोड दिए ।

‘शुक्लाफाँटा निकुञ्ज प्रवेश गर्न अहिले मझगाउँबाट मात्र सकिन्छ ।’ उनले भने ‘अब मझगाउँ जस्तै अन्य ३/४ ठाउँबाट पनि पर्यटकलाई निकुञ्ज प्रवेश गर्न प्रवेशद्धारको स्थापना गर्नु पर्छ ।’ यस्तै उनले कञ्चनपुरको पर्यटन विकासका लागी सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

ताजा समाचार