महेन्द्रनगरलाई श्रृङगार्दै सामुदायिक सेवा केन्द्र

महेन्द्रनगर । सामुदायिक सेवा केन्द्र महेन्द्रनगरका पदाधिकारी तथा सदस्यहरु प्राय महेन्द्रनगर बजारमा विभिन्न काम गरिरहेको अवस्थामा भेटिन्छन् ।

उनिहरु कहिले बजार सरसरफाई,कहिले वृक्षा रोपण,कहिले रंङ्गरोगन लगाएतका काम गरिएका हुन्छन् । शनिबारपनि सामुदायिक सेवा केन्द्रका सदस्यहरुले महेन्द्रनगरस्थित मदन चोकमा रंङ्गरोगन गरेका छन् ।

केही दिन अघि सेवा केन्द्रले महेन्द्रनगरकै संविधान चोकमा पनि रंङ्गरोगन र सरसफाई गरेको थियो । लामो समयदेखी मदन चोकमा रहेको शालिकको सरसफाई नहुदाँ आफुहरुले रंङ्गरोगन तथा सरसफाई गरेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण प्रसाद बोकटीले बताए ।

‘यो मदन चोकमा पहिलेपनि सामुदायिक सेवा केन्द्रले नै सरसफाई,वृक्षारोपण तथा फुलहरु लगाएको थियो ।’ अध्यक्ष बोकटीले भने ‘यो विचमा अन्य कुनै निकायले सोप्रति कुनै चासो नदेखाउदाँ आज पुनः हामीहरुले नै यहाँ रंङ्गरोगन गरि सरसफाई गरेका छौ ।’

सामुदायिक सेवाकेन्द्रका सदस्यहरुबाट नै रकम संकलन गरि बजारमा रहेका चोक,सडक,डिभाईडरहरुको मर्मत तथा सरसफाई गर्ने गरिएको सामुदायिक सेवा केन्द्र महेन्द्रनगरका सचिव विमल खडायतले बताए ।

‘हामीले सेवा केन्द्रका साथीहरुबाटै आर्थिक रकम संकलन गरि बजार सरसफाई तथा अन्य सामाजिक कार्य गर्ने गरेका छौ ।’ सचिव खडायतले भने ‘प्राय हामी प्रत्यक शनिबार महेन्द्रनगर बजारलाई थप सुन्दर बनाउन काम गर्छौ ।’

उनले अगाडी थपे ‘विदाको दिन अरुले बनाएको राम्रो ठाउँ घुम्नु भन्दा आफ्नै ठाउँलाई सुन्दर बनाउन पर्छ भन्ने उद्देश्यले सामुदायिक सेवा केन्द्रले प्रत्यक शनिबार केही न केही काम गर्ने गरेको छ ।’

ताजा समाचार