पुर्णागिरी खानेपानी तथा सरसफाई आयोजना र नगर विकास कोष बीच सम्झौता

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालमा निर्माण हुने पुर्णागिरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि नगर विकास कोषसंग सम्झौता भएको छ ।

आइतबार काठमाण्डौँमा पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता आयोजना, भीमदत्त नगरपालिका, भीनपा ७ वडा कार्यालय सहित नगर विकास कोषसंग सम्झौता भएको हो ।

भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले शहरी खानेपानी तथा सरसफाई क्षेत्र आयोजना, व्यवस्थापन कार्यालय, नगर विकास कोष, भीमदत्त नगरपालिका, भीनपा ७ वडा कार्यालय सहित पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति विच सम्झौता भएको बताए । वडाध्यक्ष कुँवरले नगर विकास कोषबाट खानेपानी आयोजना निर्माणका कुल लागतको २५ प्रतिशत ऋण उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवर, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, पुर्णागिरी खानेपानी उपभोक्ता समितिका तर्फबाट देवेन्द्र ढुङगाना, नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रशाद सापकोटाले हस्ताक्षर गरेका छन ।

ताजा समाचार