जनताको घरघरमा गएर छरिएका भ्रम चिर्छौँ र काँग्रेसलाई जिताउन आग्रह गर्छौः कञ्चनपुर पार्टी उपसभापति सिंह

महेन्द्रनगर । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका उप–सभापति मिन बहादुर सिंहले काँग्रेस जनताको घरघरमा गएर छरिएका भ्रम चिर्ने र काँग्रेसलाई जिताउन आग्रह गर्ने बताएका छन् ।

आइतबार जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा आयोजित ‘घरघर जाऔँ,काँग्रेस जिताऔँ’ भन्ने एक महिने अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोदन गर्दै उप–सभापति सिंहले त्यसो भनेका हुन् ।

‘अहिले नेकपा, कम्युनिष्ट तथा केही व्यक्तिले जनतामा एमसिसि लगाएतका विभिन्न विषयमा भ्रमहरु फैलाएका छन् ।’ उनले भने ‘अब यो एक महिने अभियानमा काँग्रेस जनताको घरघरमा गएर छरिएका भ्रम चिर्छ र जनतालाई काँग्रेस जिताउन आग्रह गर्छ ।’

त्यस्तै उनले काँग्रेसबारे छरिएका भ्रम चिर्न र जनताको मन जित्न काँग्रेसका सबै नेता कार्यकर्ता तथा भातृ संगठन सबै क्रियाशिल भएर लाग्नु पर्ने बताए ।

ताजा समाचार