वेदकोटका मेयर चन्द नेकपा एकिकृत समाजवादीमा प्रवेश

– एमाले अब ‘बा’ पार्टी भयोः नेपाल – एमालेले हामीलाई अपमान ग¥योः मेयर चन्द



मेयर चन्द सहित बेदकोट नगरपालिकाकाका ५ जना वाडध्यक्ष १२ जना वडा सदस्य र ६ जना कार्यपालिका सदस्य एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार नेकपा एसले दैजिमा आयोजना गरेको नेकपा एकिकृत समाजवादीको नगर भेला र समाहित कार्यक्रममा मेयर चन्दलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

मेयर चन्द सहित बेदकोट नगरपालिका–३,४,७,८ र १० का वडाध्यक्ष क्रमश तिलक बहादुर ठकुल्ला,भाष्करदत्त भट्ट,विर बहादुर डगौँरा,दुर्गा सिहं भण्डारी र केशव रावल नेकपा एसमा प्रवेश गरेका छन् । यस्तै बेदकोट नगरपालिकाका १२ जना वडा सदस्य र ६ जना कार्यपालिका सदस्यसहित विभिन्न पार्टी परित्याग गरि १ हजार २ सय ५० जना एकिकृत समाजवादीमा प्रवेश गरेका नेकपा एकिकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवन थापाले बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर चन्द सहित वडाध्यक्ष र वडासदस्य नेकपा एमालेबाट निर्वाचित भएका थिए । एकिकृत समाजवादी प्रवेश गर्नुपूर्व उनिहरु नेकपा एमाले पार्टीका नेता थिए ।

एमालेले हामीलाई अपमान ग¥योः मेयर चन्द

नेकपा एमाले जिल्ला नेतृत्व र जिल्ला इन्चार्ज,सह–इनचार्जले हाम्रा साथीहरुलाई अपमान गरेका कारण आफुहरु समाजवादीमा समाहित भएको मेयर चन्दले बताए ।

‘हामीले एमाले छोड्न खोजेका थिएनौँ, छोड्नु हाम्रो बाध्यता थियो ।’ नगरप्रमुख चन्दले भने ‘संसद विघटनका विरुद्ध त्यसबेला सडकमा उत्रेका साथीहरुलाई १० बुदेँ सम्झौताका नाममा अपमान गरियो,पार्टीमा छानीछानी कारर्वाही गर्न खोजियो,हुदै नभएको मुद्धा लगाउन कोसिस गरियो, केन्द्रिय महाधिवेशनमा पनि बोल्न,भिडियो खिच्न दिइयोन, भोट कसलाई हाल्छन भनेर सिसिटिभी क्यामेरा जडान गरे र भीम रावललाई कसले भोट हाल्यो भनेर छानविन समेत गरे ।’ मेयर चन्दले अगाडी थपे ‘त्यस्तै कञ्चनपुर जिल्लाको अधिवेशनमा पनि भयो ।

षड्यन्त्र गरेर एकै जना मान्छेले ७ देखी २१ वटा फर्जि भोट हाले, ती मान्छेलाई हामीले चिनका छौ, अहिले जिल्ला नेतृत्व र इन्चार्ज,सह–इन्चार्जले हाम्रो प्यानलबाट उठेका साथीहरुलाई कुनैपनि जिम्मेवारी दिएनन, सबै ठाउँ आफ्ना मान्छेलाई मात्र जिम्मेवारी दिए ।

जिल्ला नेतृत्वले निरङकुश शासन गरी एकलौटी निर्णय गरेर हाम्रा साथीहरुको अपमान गर्दै पार्टीबाट लखेट्न खोजे ।’ उनकाअनुसार पार्टीका साथीहरुले एमालेमा कहिलेसम्म अपमानित भएर काम गर्ने विद्रोह गरौँ भनेपछि हामी आज एकिकृत समाजवादीमा समाहित भएका हौ ।

यस्तै उनले आफु स्थानिय तहमा चुनाव नलड्ने समेत बताएका छन् । ‘मैले पद र कुर्सीका लागि पार्टी प्रवेश गरेको होइन ।’ उनले भने ‘म चुनाव लड्दैन ।’

एमाले अब ‘बा’ पार्टी भयोः नेपाल

नेकपा एमाले अब कम्युनिष्ट पार्टी नभएर ‘बा’ पार्टी मात्र भएको नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताए । ‘अब नेकपा एमाले केपी ओलीको पार्टी ‘बा’ पार्टी मात्र भयो ।’ नेपालले भने ‘एमालेमा कम्युनिष्टको विचार छैन,सकियो ।’ उनले अगाडी थपे ‘त्यसैले अहिले एमालेमा रहेका २/४ जना साथीहरुको अब कहिले आँखा खुल्ने हो र समाजवादिमा आउन्ु हुन्छ ?’ यस्तै उनले कार्यक्रममा ओलीले नेकपा एमालेलाई गलत,दक्षिणपंक्ति बाटोमा लिन खोजे,संविधान मास्न खोजे,विदेशीको दलाली गरे,कार्यकर्ताको सातो खाएर शासन गर्न खोज्दा आफुहरुले विद्रोह गरेको बताए ।

‘ओलीले सातो खाएर शासन गर्न खोजे,अहिले ओलीकै सातो गइसकेको छ ।’ नेपालले भने ‘उनि कुबाटोमा लागेका छन्,कुबाटोमा हिड्नेको पछाडी लाग्नेको कुनै भविष्य पनि छैन ।’ उनले अगाडी थपे ‘मेयर अशोक कमरेड पार्टीको लागि,कम्युष्टि आन्दोलनको लागि बलियो खम्बा हो ।

त्यसैले म आफैँ उहाँलाई स्वागत गर्न दौडेर यहाँ पुगे ।’ यस्तै उनले स्थानिय तहको निर्वाचनमा अरु पार्टीसंग गठबन्धनका लागि वार्ता भइरहेको समेत बताए । ‘निर्वाचनका लागि अन्य पार्टी संगपनि वार्ता भइरहेको छ ।’ उनले भने ‘संविधानको,गणतन्त्र,लोकतन्त्रको पक्षमा भएका दल एक ठाउँमा उभिन्छौँ ।’

ताजा समाचार