बेलौरी नगरपालिकाको मेयरमा काँग्रेसबाट युवा नेता खड्काको उम्मेद्धवारी घोषणा

महेन्द्रनगर । आगामी २०७९ बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा काँग्रेसबाट युवा नेता राम बहादुर खड्काले उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सदस्य समेत रहेका खड्काले बेलौरी नगरपालिकाको मेयर पदका लागि उम्मेद्धवारी दर्ता गराएका छन् ।

विद्यार्थी जीवनदेखी नै वि.सं. २०५२ सालमा नेपाल विद्यार्थी संघबाट राजनितिमा प्रवेश गरेका खड्का २०७३ सालमा नेपाल तरुण दलको क्षेत्रिय उपाध्यक्षमा चयन भए ।

निरन्तर सामाज परिवर्तका आन्दोलनमा प्रत्यक्ष सहभागि रहदैँ आएका खड्का नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला सदस्यमा विजयी भए । आफ्नो योग्यता,क्षमता र अनुभवले बेलौरी नगरलाई भष्ट्रचार रहित सुन्दर नगर बनाउन मेयर पदमा उम्मेद्धवारी घोषणा गरेको युवा नेता खड्काले बताए ।

‘बेलौरी नगरपालिकाकालाई भष्ट्रचार रहित,सुन्दर,स्मार्ट नगरका रुपमा विकास गर्न मैले मेयर पदमा उम्मेद्धवारी दर्ता गएको छु ।’ खड्काले भने ‘मेरो योग्यता,क्षमता,भिजन र काम प्रतिको प्रतिवद्धतालाई पार्टी र नगरवासीले मुल्याङकन गर्नेमा आशावादी छु ।’

No description available.
No description available.

ताजा समाचार