एमाले अध्यक्ष ओली सहित शिर्ष नेता हेलिकप्टर चढेर बझाङ आउदैँ

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित एमालेका शिर्ष नेता हेलिकप्टर चढेर बझाङ आउदैँ छन् ।

बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकेन्द्रित एमाले बझाङद्धारा आयोजित वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोदन गर्न अध्यक्ष ओली,उपाध्यक्ष विष्णु पौडेल लगाएतका नेता बझाङ आउन लागेका नेकपा एमाले बझाङका अध्यक्ष दमन भण्डारीले बताए ।

‘सदरमुकाम चैनपुरमा हुने आमसभालाई सम्बोदन गर्न पार्टी केन्द्रिय अध्यक्ष ओली,उपाध्यक्ष विष्णु पौडेल लगाएतका नेता यहाँ आउदैँ छन् ।’ अध्यक्ष भण्डारीले भने ‘नेपालगञ्जबाट अध्यक्ष सहितका नेतालाई ल्याएर हेलिकप्टर उडिसकेको छ ।’ उनले अगाडी थपे ‘दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।’

उनकाअनुसार कार्यक्रममा २०/२५ हजार भन्दा बढी मानिस सहभागि हुने अनुमान गरिएको छ । सो कार्यक्रममा झन्डै २ हजार भन्दा बढीले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने जनाइएको छ ।

ताजा समाचार