शिक्षक संगठनको ४३ औँ स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले आफ्नो ४३ औँ स्थापना दिवसका अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा उपचारत विरामीलाई शिक्षक संगठनको स्थापना दिवसको अवसरमा कञ्चनपुर शाखाले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले बताए ।

उनलले भने ‘४३ औँ शिक्षक संगठनको स्थापना दिवसको अवसरमा हामीले महाकाली अस्पतालमा रहेका ५५ जना विरामीलाई फलफुल वितरण गरेका हौ ।’

सो कार्यक्रममा नेपाल शिक्षक संगठन सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी,महाकाली प्रादेशिक अस्पतालका मेसु, व्यवस्थापन समितिका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

May be an image of 6 people and people standing

ताजा समाचार