एनएमबि बैंक द्वारा कैलालीको घोडाघोडीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न

कैलाली, बैशाख ३। एनएमबि बैंकले यहि बैशाख ३ गते शनिवारका दिन एनएमबि बैंक सुख्खड शाखाबाट नवौं हेरिटेज वाक कार्यक्रम शुरु गरि सुख्खड बजार हुदै घोडाघोडी ताल तथा मन्दिर पुगेर सम्पन्न गरेको छ।

सो कार्यक्रममा घोडाघोडी मन्दिर परिसर भित्र सरसफाई गरि डस्टविनहरु पनि हस्तान्तरण गरिएको सुख्खड शाखाका शाखा प्रबन्धक प्रेम भट्टराई ले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा एनएमबि सुख्खड, मसुरिया, बौनिया, लम्की र टिकापुर शाखाहरुको पनि सहभागिता रहेको थियो।  

उक्त हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको एनएमबि बैंकले जनाएको छ ।

सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ३, ४, ५ र ६ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंन्दिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखा देखी गहवा माई मंन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंन्दिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मंन्दिरहरु सरसफाई गरेको छ ।     

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, A Nation’s Heritage resides in the Heart and soul of its People, We stand together to preserve our Heritage लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।

विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । 

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ताजा समाचार