जनताका यी समस्या अटेनन् एमालेको घोषणा पत्रमा

महेन्द्रनगर । आइतबार नेकपा एमाले कञ्चनपुरले भीमदत्त नगरपालिकाको घोषणा पत्र सार्वजनिक गरेको छ ।

बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै भीमदत्तमा एमालेले शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि,कला,पर्यटन,सडक,एयरपोर्ट,सिचाई,लैंगिक समानता,खेलकुद विकास लगाएतका कुराहरु आफ्नो घोषणा पत्रमा समावेश गरेको छ ।

यद्यपी भीमदत्त नगरपालिकाका जनताले दिनहु खेप्नु परेका छाडा पशुचौपाय,सार्वजनिक शौचालय नहुदा,अव्यवस्थित सवारी पार्किङ, लगाएतका समस्याहरु एमालेको घोषणा पत्रमा अटेका छैनन् । स्थानिय सरकारले स्थानियका समस्या,पिर,मर्का,आवश्यकताका कुरामा ध्यान दिनु पर्ने हो ।

भीमदत्तमा अहिले छाडा चौपायाले किसानहरु आफ्नो बाली जोगाउन रातभरी जागाराम बस्नु पर्ने बाध्यता,सवारी दुर्घटना,बजार सौन्दर्यमा असर भइरहेको छ ।

महेन्दनगर बजारमा प्र¥याप्त सार्वजनिक शौचालय नहुदाँ गाउँबाट बजार काम विशेषले आएका मानिस तथा पर्यटकले शौच गर्न महेन्दनगर बजार छेउमै रहेको खुल्ला मञ्च तथा कतै झाडीमा जानुपर्ने बाध्यता छ ।

यस्तै महेन्दनगर बजारमा अव्यवस्थित सावारी पार्किङले सवारी दुर्घटना,सहर सौन्दर्यमा असर भइरहेको अवस्था छ । स्थानिय तहको सरकार हाक्नका चुनावी मैदानमा उत्रिएको एमाले तथा एमालेका उम्मेद्धवारले जनताका यी स्थानिय समस्यालाई मध्यनजर नगर्दा एमालेको घोषणा पत्रको आलोचना भइरहेको छ ।

ताजा समाचार